लेबनानमाथि इजरायलको जवाफी आक्रमण



लेबनानमाथि इजरायलको जवाफी आक्रमण

काठमाण्डाै ६ जेठ । इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ । यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ ।

यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गरेका छन् । गाजा क्षेत्रमा भइरहेको हिंसापछि यो दुई नेताबीच चौथो पटक टेलिफोनमा कुराकानी गरेका थिए। उनीहरुबीच गाजामा भइरहेको युद्धलाई रोक्ने विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनले आजै आफूले युद्धविराम वा युद्ध कम भएको घोषणा चाहेको बताए भने नेतान्याहुले इजरायलले लक्ष्यअनुसार काम गरिरहेको बताउनु भएको छ । गाजामा तत्काललाई युद्धविराम हुने अवस्था भने नदेखिएको बीबीसीले जनाएको छ । बाइडेन र नेतान्याहुबीचको सम्बन्धका कारण संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा इजरायलमाथि सङ्घर्षको संयुक्त प्रस्ताव लैजाने प्रस्तावको बाइडेनले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे