अमेरिकाको कोलोराडोमा जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो



अमेरिकाको कोलोराडोमा जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

काठमाण्डाै २७ बैशाख । अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन । यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे