LISTEN LIVE RADIO

अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो



अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै २६ बैशाख । अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् ।

हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे