LISTEN LIVE RADIO

काेराेना महामारीलाई मध्यनजर गर्दै राहुल गान्धी चुनावी र्‍यालीमा सहभागी नहुने



काेराेना महामारीलाई मध्यनजर गर्दै राहुल गान्धी चुनावी र्‍यालीमा सहभागी नहुने

काठमाण्डाै ६ बैशाख । भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍याली स्थगित गरेका छन् । काेभिड–१९ (कोरोना भाइरस) को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरेर आफूले सबै चुनावी र्‍याली स्थगित गरेको र यसबारे अरू पार्टीका नेताहररूलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् ।

विपक्षी नेता गान्धीले ट्विटरमा लेख्नुभएकाे छ, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै र्‍याली रद्द गरेको छु । म अरू पार्टीका नेताहरूलाई पनि यस्ताे अवस्थामा हुने र्‍यालीका कारण निम्तिन सक्ने अवस्थाप्रति गम्भीर बन्न अपिल गर्छु ।’

पश्चिम बङ्गाल विधानसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ । अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरूले दैनिकजसो चुनावी सभा तथा र्‍याली गर्दै आएका छन् । शनिवार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गरे । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा त्यस राज्यको भ्रमण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे