चितवन कारगारमा एक कैदीको मृत्यु



चितवन कारगारमा एक कैदीको मृत्यु

चितवन ७ पुस । कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।

उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो । उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे