बर्दिया राष्ट्रिय निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान



बर्दिया राष्ट्रिय निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान

बर्दिया ६ पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबार राति सेना र तस्करबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५र६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका सेनाबीच गोली हानाहान भएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले सुरक्षाकर्मीलाई देख्‍न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेको बताए । दुवैतर्फ फायर भएपनि कुनै मानवीय क्षति नभएको उनले जनाए । घटनामा संलग्‍न दुई जना सिकारी पक्राउ परेका छन् । उनीहरुको साथबाट निकुञ्जको गस्ती टोलीले तीन थान भरुवा बन्दुक,गोली,बन्दोबस्तीका सामान,जरायो र दुम्सीका मासु फेला परेको थापाले बताए । आइतबार अबेरसम्म संयुक्त सुरक्षाकर्मीले फरार रहेका सिकारीहरुलाई पक्राउ गर्न खोजी कार्य जारी राखेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे