LISTEN LIVE RADIO

बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने



बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने

काठमाण्डौ ६ जेठ । विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ । विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।

तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताए ।

यस्तै उनले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोग सँग माग गरे । यसअघि सर्वोच्च अदालतले २०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सात वर्षभन्दा बढी भइसक्दा पनि आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासिन रहनु र राष्ट्रिय सभाको चुनावसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ को विकल्प सामेल नगरिनु खेदजनक रहेको नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे