सबै निर्वाचन क्षेत्रमा बन्ने सडकको शनिबार प्रधानमन्त्रीले संयुक्त शुभारम्भ गर्ने



सबै निर्वाचन क्षेत्रमा बन्ने सडकको शनिबार प्रधानमन्त्रीले संयुक्त शुभारम्भ गर्ने

काठमाडौं २१ चैत्र। शनिबार एकैपटक १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको सुरुआत गर्न लागेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।यि सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे