मणि थापा र टोपबहादुर ओलीतिर लागे



मणि थापा र टोपबहादुर ओलीतिर लागे

काठमाडौं ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी पूर्वमाओवादी हुन् ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् । पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन् ।

उनी प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै थिए । सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे