प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेस बीच भेटवार्ता



प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेस बीच भेटवार्ता

काठमाण्डौ १ असाेज । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेट भएको छ । उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे