सुन्दर, समुन्नत र प्रकोपबाट सुरक्षित राजधानीको शहर बनाउन तीज गीतको माध्यमबाट संदेश प्रवाह



सुन्दर, समुन्नत र प्रकोपबाट सुरक्षित राजधानीको शहर बनाउन तीज गीतको माध्यमबाट संदेश प्रवाह

भालुवाङ ३१ भदौ । अहिले भइरहेका र देखेका शहर भन्दा व्यवस्थित राजधानी शहर निर्माण गर्न गीत मार्फत सन्देश दिइएको छ । लुम्बिनी प्रदेशको राजधानीमा बन्ने भोलीको शहरलाई सबैखाले विपद्बाट सुरक्षित राख्न तीज गित मार्फत आग्रह गरिएको छ ।

अहिले लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले विदेशी र स्वदेशी विज्ञहरु संग सहकार्य गरेर भोलीको राजधानी शहर कस्तो बनाउने भन्ने बारेमा अध्ययन गरिरहेको छ । जस अन्तरगत समुदाय स्तरका नागरिक र महिलाहरुले राजधानी शहरलाई कसरी हेरेका छन् भन्ने बारेमा जानकारी लिन तीज गित प्रतियोगिता आयोजना गरिएको थियो । सुन्दर, समुन्नत र प्रकोपहरुबाट सुरक्षित हाम्रो प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी शहर निर्माणमा केन्द्रित तीज गित प्रतियोगीता गरिएको हो ।

राप्ती गाउँपालिका, प्रदेश पूर्वाधार विकास प्राधिकरण, भुकम्प प्रविधि राष्ट्रिय समाजको संयुक्त आयोजनामा राप्ती गाउँपालिकामा तीज गीत प्रतियोगिता गरिएको थियो । ‘भोलीको राजधानी शहर कस्तो बनाउने, कसरी सुरक्षित राख्ने भन्ने बारेमा सन्देश दिन र सुझाव लिन तीज गीतलाई माध्यम बनाईयो । यो अत्यन्तै चरनात्मक काम हो’ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले भने, ‘राजधानी शहर सबैको सपनाको शहर हो । यसलाई प्राकृतिक र मावन सृजित विपद्बाट सुरक्षित राख्नुपर्छ ।’

भोलीको राजधानी शहर सबैलाई बल्न मिल्ने समतामुलक शहर बनाउने अभियान अन्तरगत अध्ययनको काम भइरहेको भुकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक खड्गसेन वलीले बताए । ‘अहिले राजधानी शहरको सोंच निर्माणको काम भइरहेको छ’उनले भने,‘भोली बन्ने शहर विपद्बाट सुरक्षित बन्न सकोस भन्ने उद्देश्य राखेर सोंच निर्माण गर्न गितलाई माध्यम बनाइएको हो ।’ राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले भोलीको राजधानी शहर नमुना बन्नेमा विश्वास व्यक्त गरिन् । प्रतियोगीतामा ५ वटा समुहले भाग लिएका थिए ।

जस मध्ये जनमुखी आमा समुह शितगंगा नगरपालिका–८ को समुह प्रथम, देउखुरी टुडे डटकमको महिला समुह दोस्रो, लांघाली महिला समुह शितगंगा तेस्रो र राप्ती गाउँपालिका–४ का जुना केसीको समुह र शितगंगा नगरपालिका वडा नं. ९ को महिला समुह सान्त्वना भएका थिए । विजेता समुहलाई ५, ४, ३ र २ हजारका दरले नगद र प्रमाणपत्र सहित पुरस्कार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे