LISTEN LIVE RADIO

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदै



गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं १३ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज शुक्रबार पनि सुनुवाइ हुँदैछ । यसअघि बुधबार ‘लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेकामा पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि फेरी पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ ।

अमेरिकाको नागरिकता र राहदानी प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ । लामिछाने मंसिर ४ गते सम्पन्न चितवन–२ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए। गत पुस ११ गठित मन्त्रिमण्डलमा उनलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे