त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला (अपडेट)



त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला (अपडेट)

काठमाडौं ११ मंसिर । त्रिशुलीमा खसेर बेपत्ता भएको लु १ च ९७३१ नम्बरको जिप फेला परेको छ । जिपसँगै अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका र चालक सूर्य केसीको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा हराएको जिप र दुई जनाको शव फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार छोरी जेनिसाको खोजी कार्य जारी छ ।

‘जिप घटनास्थलमै फेला परेको छ । जिपसँगै चालक र घाइते (मुकुन्द रोका) की श्रीमतीको डेथबडी फेला परेको छ । छोरीको खोजी भइरहेको छ’ प्रजिअ भट्टराईले भने , ‘जिप निकाल्न सकिएको छैन । त्यसका लागि क्रेन लग्नुपर्ने देखिन्छ । घटनास्थल मुग्लिनभन्दा २ किलोमिटर टाढा कुरिनटार तर्फ पर्दछ । छोरीको उपचारका लागि प्युठानबाट काठमाडौं आउँदै गर्दा अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको लु.१ च. ९७३१ नम्बरको जिप त्रिशुली नदीमा बिहीबार बिहान खसेको हो । दुर्घटनामा जिपका चालक, रोकाकी श्रीमती जमुना र छोरी जेनिसा बेपत्ता भएका थिए भने उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्क सफलभएका थिए । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे