LISTEN LIVE RADIO

आज लुम्बिनी सहित चार प्रदेशमा हल्का वर्षाको सम्भावना



आज लुम्बिनी सहित चार प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो ।

आज दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे