LISTEN LIVE RADIO

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना



आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ।

 

अन्तिम अपडेट: असोज ६, २०७९

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे