अमेरिकामा ट्रम्पको हार स्वागत योग्य : मसाल



अमेरिकामा ट्रम्पको हार स्वागत योग्य : मसाल

काठमाडौं २३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनल्ट ट्रम्पको हारप्रति प्रसन्नता व्यक्त गरेको छ । फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा मसालले अमेरिकी जनतालाई धन्यवादसमेत दिएको छ ।

आइतबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजयलाई स्वागतयोग्य बताएका छन् ।

यद्यपी अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा कुनै परिवर्तन नआउने भन्दै मसालले अमेरिकी साम्राज्यवादीप्रतिको पार्टीको नीतिमा कुनै परिवर्तन नहुने पनि स्पष्ट पारेको छ ।

वक्तव्यमा भनिएको छ, ‘अमेरिकको चुनावमा राष्ट्रपति ट्रम्पको पराजय भएकोमा ने.क.पा.(मसाल)ले प्रसन्नता प्रकट गर्दछ । अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा कुनै परिवर्तन आउने छैन । त्यसैले अमेरिकी साम्राज्यवादीप्रतिको हाम्रो नीतिमा कुनै परिवर्तन हुने छैन । तैपनि ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो र त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा हामीले अमेरिकी जनतालाई धन्यवाद दिन्छौँ ।’

मेरिकाको ४६ औँ राष्ट्रिपतिमा बाइडन विजयी भएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित पूर्व उपराष्ट्रपति बाइडन विजयी भएका हुन् । बाइडन आप्रवासीहरुप्रति तुलनात्मकरुपमा उदारवादी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे