LISTEN LIVE RADIO

एसईईको नतिजा सार्वजनिक



एसईईको नतिजा सार्वजनिक

काठमाण्डाै ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (.एसईईको) नतिजा सार्वजनिक गरेको छ । बार्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङकनका आधारमा परीक्ष सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो ।

यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

यसैबीच एसईईको नतिजा हेर्न नेपाल टेलिकमले पनि विभिन्न माध्यमबाट व्यवस्था गरेको छ। सो परीक्षाको परीक्षाफल फोन गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ।

यसरी हेर्न सकिन्छ नतिजा :

www.see.gov.np 

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com 

www.see.edusanjal.com

 www.see.ntc.net.np 

www.admissionnepal.com

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे