LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा साना बालबालिकालाई गह्रुंगा झोला बोकाउन रोक



राप्ती गाउँपालिकामा साना बालबालिकालाई गह्रुंगा झोला बोकाउन रोक

भालुवाङ ११ साउन । दाङको राप्ती गाउँपालिकाले साना कक्षाका बालबालिकालाई गह्रुंगा झोला बोकाउन रोक लगाएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले सबै विद्यालयमा परिपत्र जारी गर्दै यस्तो रोक लगाएको जानकारी गराएको हो ।

साउन ५ गतेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको शाखा प्रमुख विश्वास बिकले जानकारी दिए । गाउँपालिकाभित्रका पूर्वप्राथमिक तहमा अध्ययनरत बालबालिकाले विद्यालय आउँदा जाँदा गह्रौं झोला बोक्ने गरेको देखिएको त्यस्तो काम रोक्न बिद्यालय र अभिभावकलाई आग्रह गरिएको छ ।

यसले बालबालिकाको बृद्धि विकास तथा टाउको र हड्डीमा नकारात्मक असर पर्ने भएकाले यस्तो निर्देशन दिनुपरेको उनले जानकारी दिए । साथै पालिकाले विद्यालय रहेको एक सय मिटर वरपरको चारकिल्लामा जंक फूड र पेय पदार्थ बिक्री वितरणमा पनि रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे