LISTEN LIVE RADIO

पहिरोले बन्द मुग्लिन–नौबिसे सडक दुईतर्फी खुल्यो



पहिरोले बन्द मुग्लिन–नौबिसे सडक दुईतर्फी खुल्यो

काठमाण्डाै ३० भदाै । पहिराेको कारण बन्द भएको मुग्लिन–नौबिसे सडक खुलेको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे