LISTEN LIVE RADIO

अमेरिकाले दियाे नेपाललाई २ सय ३१ रनकाे लक्ष्य, माेनान्क पटेलकाे शतक



अमेरिकाले दियाे नेपाललाई २ सय ३१ रनकाे लक्ष्य, माेनान्क पटेलकाे शतक

काठमाण्डाै २८ भदाै । अमेरिकाले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टाेलीलाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय ३० रन बनायाे ।

अमेरिकाका लागि माेनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नाै चाैकाकाे मद्दतमा एक सय रन बनाएर आउट भए । बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटाैँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा भोलि मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे