सहयोग जुटाउने प्रयासमा लाग्न राजदूतहरुलाई सरकारको निर्देशन



सहयोग जुटाउने प्रयासमा लाग्न राजदूतहरुलाई सरकारको निर्देशन

काठमाण्डाै २ जेठ । सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई काेराेना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिए । सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

उहाँले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश गर्नुभएको छ । यसैबीच सरकारले विदेशी समुदायलाई अपिल र पत्राचार गरेसँगै सहयोगको मात्रा पनि बढ्न थालेको छ । चीन, अमेरिका, युरोपेली युनियन, बेलायत, बंगलादेश, फिनल्याण्ड, थाइल्याण्डबाट सहयोगको प्रतिबद्धता आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे