पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा प्रेस चौतारीबाट दुर्गालाल केसीको उम्मेदवारी घोषणा



पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा प्रेस चौतारीबाट दुर्गालाल केसीको उम्मेदवारी घोषणा

दाङ १६ चैत्र । नेपाल पत्रकार महासंघ शाखा दाङको अध्यक्षका लागि नेकपा एमाले निकट प्रेस चौतारीले पत्रकार दुर्गालाल केसी अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । आज बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरि आगामी २५ गते हुनलागेको निर्वाचनको लागि केसीलाई उम्मेवार बनाएको हो ।

चौतारी दाङका अध्यक्ष जे.एन सागरको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका केन्द्रिय सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकोे हो ।
त्यसैगरि चैत २५ गते हुने निर्वाचनमा भुगोल तर्फ लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा टिका बस्तेतले उम्मेदवारी दर्ता गराएका छन् । चौतारीका सल्लाहकार सबिन प्रियासनको नेतृत्वमा केसी र बस्नेतलाई चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे