नेपालको दोस्रो लामो पुल देउखुरीमा भव्य होली (फोटो फिचर)



नेपालको दोस्रो लामो पुल देउखुरीमा भव्य होली (फोटो फिचर)

सिसहनियाँ १६ चैत्र । रंगहरूको पर्व फागु अर्थात (होली) दाङ सहित तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबारनै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाइदै छ ।होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । यसै क्रममा दाङको देउखुरीमा अवस्थित नेपालको दोस्रो लामो पुलमा यस वर्षको भोली भव्य रुपले मनाइएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार देखि गढवा गाउँपालिका ३ महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल पछिल्लो समय पर्यटकको गन्तव्य स्थल बनेपछि यस वर्षको होलीमा युवाहरु नाचगान गरि भव्य रुपमाले होली मनाइरहेका छन् । करिव ५ सयको हाराहारीमा रहेका युवाहरुले आ आफनो तरिकाले नाचगान गरी होली मनाइरहेका छन् । भिडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्यहम्य परेको छ । यसै बिच दाङ देउखुरीको घोराही, नारायणपुर, तुलसीपुर, भालुवाङ, लमही, गढवा, सिसहनियाँ लगायतका बजार तथा गाउँमा पनि होली पर्व मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे