लमही–घोराही सडक खण्डको बेल्दमारमा बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु



लमही–घोराही सडक खण्डको बेल्दमारमा बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु

लमही १५ चैत्र ।  दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। लमही–घोराही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेल्दमारमा लमहीबाट घोराही जाँदै गरेको लु २ ख १४२८ नम्बरको बस र घोराहीबाट लमही आउँदै गरेको भे ६ प ८९३७ नम्बरको मोटरसाइकल आइतवार पौने ५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक भारत बिहार निवासी २० वर्षीय अविलेशकुमार सिंहको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिए। दुर्घटनामा घाइते भएका सिंहलाई उपचारका लागि लमही ल्याउँदै गर्दा मृत्यु भएको हो। ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे