राप्ती उद्योग बाणिज्य संघको चैत्र १४ गते हुने निर्वाचनकाे सम्पूर्ण तयारी पुरा



राप्ती उद्योग बाणिज्य संघको चैत्र १४ गते हुने निर्वाचनकाे सम्पूर्ण तयारी पुरा

भालुवाङ १३ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको चैत्र १४ गते हुन लागेको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार मतपत्र, मत पेटिका, मतदान स्थल निर्माण लगायतको बन्दोबस्त पुरा भएको छ । भोली बिहान ८ बजे देखि मतदान सुरू हुने र दिउँसो २ बजे सम्पन्न हुने निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले जानकारी दिएका छन् । तोकेको समय भित्र मतदान गर्न सम्पूर्ण मतदाताहरूलाई निर्वाचन समितिले आग्रह पनि गरेको छ ।

निर्वाचनका लागि यस अघि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भईसकेका छन् ।

यस बाहेक अव भोली संयुक्त व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज खडका, उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेमबहादुर केसी र सदस्य पदहरुमा उम्मेदवारी दिएका कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे, घमानसिंह रावत, रोशन चौधरी र चम्फा भुसाल तथा स्वतन्त्र व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका टोपबहादुर कार्की र सदस्य पदहरुमा उम्मेदवारी दिएका प्रेमबहादुर जिसी, गोमा विष्ट, भुमी गुरुङ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संघमा कुल ६९८ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे