फागुन भित्र लमहीका ३ सय ४७ घरमा जस्तापाता लगाइदै 



फागुन भित्र लमहीका ३ सय ४७ घरमा जस्तापाता लगाइदै 

फागुन ११ लमही । लमही नगरपालिकाले यस बर्ष कुल ३ सय ४७ जनाको फुसको घरमा टिनको पाता फागुन महिना भित्रमा लगाउने भएको लमही नगरपालिकाले जनाएको छ ।

फागुन महिना भित्र सबै घरहरुमा टिनका पाता लगाउने गरी  तयारी अन्तिम चरणमा पुगेको नगर प्रमुख कुलबहादुर केसीले बताएका छन् । अबको दुई चार दिनमा अनुगमन जिल्ला तवरबाट हुने छ अनि उसैले भनेका ब्याक्तिहरुलाइ मात्रै टिनका पाता दिइने नगर प्रमुख केसीले बताए ।

लमही नगरपालिकाका ९ वटै वडाहरुमा ३९, ४० र ४५ का दरले  टिनका पाता लगाइने नगर प्रमुख केसीले बताए। प्रदेश सरकारको सुरक्षित आबास कार्यक्रम अन्तरगत सो कार्यक्रम परेको र रकम समेत लमही नगरपालिकाको खातामा आइसकेको बताइएको छ । बाँकी छुटेका लाइ आगामी बर्षमा क्रमिक रुपमा खरका छानाहरु बिस्थापित गरेर टिनका पाता हालिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे