भूमिहिनकाे फाराम भर्न नदिएको तुलसीपुर श्रद्धानगर टोलका नागरिकहरुकाे गुनासो



भूमिहिनकाे फाराम भर्न नदिएको तुलसीपुर श्रद्धानगर टोलका नागरिकहरुकाे गुनासो

दाङ १० फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित श्रद्धानगर टोलका नागरिकहरुले आफूहरुलाई भूमिहिन तथा अब्यबस्थित बसोबासको फाराम भर्न नदिएको गुनासो गरेका छन् ।

वडा कार्यालयले आफुहरुलाई फाराम भर्न बञ्चित गराएको भन्दै आन्दोलित बनेका छन् । यही फागुन १३ गतेसम्म मात्रै भूमिहिन तथा अब्यबस्थित बसोबासको फाराम भर्ने समय आफूहरुलाई फाराम भर्न नदिएर बञ्चित गरेको टोल विकास संस्थाका अध्यक्ष उमलाल बुढाथोकीले एक विज्ञप्ति जारी गरि जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयले दिनुपर्ने सिफारिश नदिएको र यस बिषयमा पटक–पटक वडा तथा उपमहानगरपालिकामा गएर ध्यानाकर्षण गराउँदा पनि आलटाल गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । फाराम भर्न बाटै बञ्चित गरेपछि संघर्ष समिति बनाएरै आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बुढाथोकीले बताए ।

उनीहरुले फागुन १० गते सम्बन्धित निकायसंग छलफल गर्ने, छलफलबाट निष्कर्ष नआए वडा कार्यालय घेराउ गर्ने गरि आन्दोलनको कार्यक्रम तय भएको छ । यदि ११ गतेसम्म आफूहरुले फाराम भर्न नपाए सोही दिन वडा कार्यालय तालाबन्दी गर्ने यदि माग सम्बोधन नभएमा उपमहानगरपालिका कार्यालयमा समेत तालाबन्दी गर्ने गरि संघर्षका कार्यक्रम अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे