राप्ती गाउँपालिकाको विकट वडामा जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा प्रदान



राप्ती गाउँपालिकाको विकट वडामा जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा प्रदान
भालुवाङ १९ माघ । दाङकाे विकट वडा राप्ती गाउँपालिका  वडा नम्बर ९ मा जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले ब्लाङकेट तथा बर्को वितरण गरिएको हो ।
वडा अध्यक्ष रिमबहादुर सुनारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ९ को बार्षिक कार्यक्रम अनुसार ७२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा १८ जना एकल महिलालाई बर्को उपलब्ध गराईएको वडा सचिव राजेन्द्र विक्रम चौधरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे