भौतिक पुर्वाधारमा बलियो बन्दै गढवा, मुख्यमन्त्रीद्धारा गढवाको प्रशासकीय भवनको उद्घाटन



भौतिक पुर्वाधारमा बलियो बन्दै गढवा, मुख्यमन्त्रीद्धारा गढवाको प्रशासकीय भवनको उद्घाटन

शिबराज पन्थी, गढवा ११ माघ ।

भौतिक पुर्वाधारमा बलियो बन्दै जाने क्रममा गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने भएको छ । आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले सो भवनको शिला अनाबरण गर्दै बिधिवत् उद्घाटन गरेका हुन् ।

तीन तल्लाको कुल ४२ कोठा र एक सभाहल सहितको आधुनिक र सुविधा सम्पन्न सो भवन लुम्बिनी जलजला कण्ट्रक्सन कम्पनीले समयमै निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । बिगत २०७४ सालमा निर्वाचित जनप्रतिनिधीहरु आएपछि गाउँपालिकाको पहिलो गाउँसभाले सो भवन निर्माण सुरुवात गरेको हो ।

कुल ६ करोडको विनियोजित बजेटको इभिडिङ सिष्टमको टेण्डर प्रकृयाबाट कुल ४ करोड ७५ लाखको लागतमा भवन तयार भएको हो । निर्माण कम्पनिसंगको संझौता बमोजिम भवन निर्माण पुरा भएको छ । यसबर्ष अर्को चरणमा भवनको बाउण्ड्रीवाल,प्रतिक्षालय सहितको पार्क निर्माणको काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।


यसअघि गढवा गाउँपालिकाले कृषि सेवाकेन्द्र बसेका २ वटा पुराना घरबाट सेवा प्रवाह गरेको थियो । सम्बन्धित शाखा पत्ता लगाउन गाह्रो थियो । अब हामी जस्ता सेवाग्राहीहरुले एउटै भवनबाट सेवा पाउँने छौ । जुन सेवा थप प्रभावकारी हुन सक्ने आसा लिएका छौं–सेवाग्राही सिता चौधरीले भनिन् । अबका दिनमा एउटै भवन भित्र छिरेपछि सबै शाखाहरु भेटिने छन् । गाउँपालिकाले कुन शाखा कतिनम्बर तल्लामा र कति नम्बर कोठामा रहेको छ भन्ने वडापत्र सहितको बोर्ड प्रबेशद्धारमै राख्न जरुरी छ,त्यस बिषयमा चाँसो दिइयोस–सेवाग्राही तथा राष्ट्रिय जनमोर्चा गढवाका इन्चार्ज दिनमणि आचार्यले भने ।

गढवा गाउँपालिकाले ३ बर्षको कार्यकालमा नयाँ र सुविधा सम्पन्न भवन तयार उद्घाटन गरेको छ भने सबै वडाहरुमा वडा कार्यालय भवनहर निर्माण गरिसकेको छ । वडानं. छ र १ मा पनि निर्माण सम्पन्न भएका वडा कार्यालयहरु उद्घाटनको तयारीमा रहेको अध्यक्ष सहजराम यादवले बताए ।

यस्तै सर्पदंश उपचार केन्द्र निर्माण गरि सेवा सुचारु भएको र वडानं. ६ को कार्यालय वरिपरि ११ वटा सटरहरु निर्माण गरि ब्यापारिक प्रयोजनमा भाडामा दिएको गाउँपालिकाले जनाएको छ । पालिकाका हरेक बस्तिहरुमा सडक ग्राभेल,पक्किनाली निर्माण,बिद्युत्त बिस्तार, केही वडाहरुमा सडक कालोपत्रे,खहरे खोलाहरु तटबन्धन,बिद्यालय भवनहरु निर्माण र सामुदायिक स्वास्थ्य इकाइ भवनहरु निर्माण गरि भौतिक पुर्वाधारमा बलियो बन्दै गएको पालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखे्रलले छोटो समयमा गढवा गाउँपालिकाले गरेको भौतिक प्रगतिको प्रशंसा गर्दै नवनिर्मित प्रशासकिय भवनबाट नागरिकहरुलाई प्रभावकारी सेवा प्रबाहगर्न आव्हान गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानून तथा न्याय समितिका सभापति एवं प्रदेश सांसद दामा शर्मा, संबिधान सभाका पूर्व सांसद रश्मीराज नेपाली र वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकुरी हमालले बोलेका थिए ।

 

गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन योजना शाखाका प्रमुख कुलराज कुमालले गरेका थिए । सो अवसरमा मुख्यमन्त्री ग्रमिण बिकास कार्यक्रमबाट स्वरोजगार बनेका पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले बाजागाजा र सोरठी नाचबाट मुख्यमन्त्रीको स्वागत गरेका थिए ।


गढवामा अनलाईन प्रबिधिबाट सेवा सुरु
यसैबीच गढवा गाउँपालिकाले वडानं. ५ बाट अनलाईन पंजिकरण सेवा सुरु गरेको छ । शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रकाश भण्डारीले ब्यक्तिगत घटना दर्ता गरि अनलाइन ब्यक्तिगत घटना दर्ताको बिधिवत उद्घाटन गर्नुभएको हो ।

गढवा गाउँपालिका वडानं. ५ निवासी शिबकुमार चौधरी र सोही वडामा बस्ने बसन्ती चौधरीको बिवाहदर्ता गरि अनलाइन प्रबिधिको सेवा सुचारु भएको घोषणा गर्नुभएको हो । यसरी घटना दर्ता भएका सबै अभिलेखहरु सिधै नेपाल सरकारको पंजीकरण बिभागमा इण्ट्री हुने गाउँपालिकाका पंजिकरण शाखाका कर्मचारी ऋषि यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे