प्रदेश स्तरिय हरित पार्कका लागि देउखुरीकाे पाखापानी उत्तर क्षेत्र प्रस्ताव



प्रदेश स्तरिय हरित पार्कका लागि देउखुरीकाे पाखापानी उत्तर क्षेत्र प्रस्ताव

भालुवाङ ८ माघ । भालुवाङ आसपासमा निर्माण हुने प्रस्तावित हरित पार्कको लागि स्थलगत रुपमा अध्यन गरिएको छ ।नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागको सहयोगमा निर्माणहुने प्रस्तावित पार्ककोे लागि पाखापानीको उत्तर तर्फको क्षेत्रको अवलोकन गरिएको हो ।

बातावरण मैत्री शहरी बृक्षरोपण अभियान अन्तरगत एक प्रदेशमा एक स्थानीय तहसंगको लागत साझेदारीमा निर्माण हुने हरित उद्यानका लागि पाखापानीको उत्तर तर्फको क्षेत्र छनौट गरिएको हो ।वन तथा वातावरण मन्त्रालय बातावरण विभाग वाट प्रस्तावना, जिपीएस लोकेशनसहित साढे दूई बिहागा जग्गा माग भएकोमा स्थानीय स्तरमा सञ्चालनमा रहेको पार्क क्षेत्रको प्रवद्धन गर्दै लैजानेगरि शर्भे गरिएको हो ।

धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गरिने प्रस्तावित हरित पार्कको जिपीएस लोकेशन लिने कार्य पुरा भइसकेको छ । वन क्षेत्र, खाली चौर तथा सिमसार क्षेत्र समेत रहेको सो क्षेत्रको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अवलोकन गरेका हुन ।

देउखुरी उपत्यकाको अधिकाँस क्षेत्र देखिने सो क्षेत्र लुम्विनी प्रदेशको राजधानीको आकर्षक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना देखिएकोले प्रस्तावित उद्यानमा हुने सरोकारवालाहरुले बताएका छन् ।

मुख्य भौतिक निमार्णका क्रियाकलापहरुका लागि साझेदारीमा काम हुने गरि प्रस्ताव गरिएको र पार्कको लागि प्रस्तावना स्वीकृत भएमा एक करोड वन तथा वातावरण मन्त्रालय वातावरण विभागवाट लगानी हुने भएको छ । त्यसमा राप्ती गाउँपालिका वाट करिव ४८ लाख लगानी हुने प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे