दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु



दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङ २१ पुस  । दाङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका वाड नं. ८ दुधेना निवासी ६८ बर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा भएको उक्त दुर्घटनाबाट गम्भीर घाईते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे