केपी समुहको भेलालाई सम्बोधन गर्न मुख्यमन्त्री पोखरेल तुलसीपुर आउँदै



केपी समुहको भेलालाई सम्बोधन गर्न मुख्यमन्त्री पोखरेल तुलसीपुर आउँदै

तुलसीपुर १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपा केपी समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तुलसीपुरमा आउन लागेका छन् ।

देशभर केपी समूह र दहाल नेपाल समूहको भेला, बैठक भइरहेका बेला मुख्यन्त्री पोखरेल तुलसीपुरमा हुन लागेको वृहत अगुवा कार्यकर्ता भेलाई सम्बोधन गर्न आउन लागेको नेकपा केन्द्रीय कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

अगुवा कार्यकर्ता भेला बिहान ११ बजे बिएस पाटी प्यालेसमा हुने भएको छ । हिजाे युवा नेता महेश बस्नेतले घाेराहीमा केपी समूहकाे भेलालाइ सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे