ओलीले देश भड्खालोमा हाले, संसद पूर्नस्थापना हुनैपर्छ : चित्रबहादुर केसी



ओलीले देश भड्खालोमा हाले, संसद पूर्नस्थापना हुनैपर्छ : चित्रबहादुर केसी

बुटवल ९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बाेच्च अदालतले निकास दिनुपर्ने बताएका छन् । उनले अब संसद पूर्नस्थापनाको विकल्प नभएको बताए ।  रिपोर्टर्स क्लव नेपाल लूम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपाभित्रको गूटको बिबाद समाधान गर्न नसकेर ओलीले संसदनै भंग गरेर कु काम गरेको बताए ।

नले भंग गरेर कु काम गरेको बताए । उनले भने यस्तो काम पनि गर्ने हो,आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन,अदालतको निर्णयले अब संसद पूर्नस्थापना गर्नुपर्छ । देश कोरोनाका कारया तहस नहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बाै रकम सक्ने,दलालहरुलाइ अवसर दिने,अवसरबादीलाइ अगाडी ल्याउने काम हुन्छ,यसो हूदा झन् राजनीति खतम हुन्छ उनले भने ।

उनले संसद विगटनको बिरुद्धमा सर्बाेच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाइ दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए । अब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्छ,गतल कामको बिरोधमा पत्रकार,नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बेला आएको छ ।उनले भने । संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नूको बिकल्प नभएको समेत तर्क गरे ।

नेपालमा कम्युनिष्ट पार्टीनै नरहेको भन्दै उनले कम्युष्टिको नाममा खोल ओढ्नेहरुको बिगबिगी रहेको समेत टीप्पणी गरे ।
उनले स्थानीय तहलाइ बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नूपर्ने धारणा राखे । क्लवका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे