लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत



लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत

देउखुरी २६ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मिको राजिनामा स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले बुधवारबाट लागु हुनेगरी मंगलबार दिउँसो राजिनामा पत्र बुझाउनु थियो । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मिले बुझाएको राजिनामा बुधवार स्वीकृत गर्नु भएको हो ।
बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियो । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीहरुले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरुको छानवीनको लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजिनामा दिएको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे