लमहीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ



लमहीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लमही २५ भदौ । दाङमा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्र रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिका ५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय २० मिलिग्राम सहित आज बिहान वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे