निर्माण व्यवसायीलाई समय मै निर्माण कार्य सक्न मुख्यमन्त्री आचार्यको निर्देशन



निर्माण व्यवसायीलाई समय मै निर्माण कार्य सक्न मुख्यमन्त्री आचार्यको निर्देशन

राप्ती उपत्यका देउखुरी ९ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताउनु भएको छ । “दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार” मुल नारा सहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिनुभएको छ ।

उहाँले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत जानकारी दिनुभयो । निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन् ’उहाँले भन्नुभयो, ‘काम पुरा गर्न, भुक्तानी लिन असार किन किर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न के ले रोक्छ ? उहाँले निर्माण व्यवसाय संग प्रश्न गर्नुभयो ।’ सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथीका योजनालाई प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निणर्य गरेको समेत जानकारी दिनुभयो ।

योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर, स्रोत जुटाउने गरी सरकारले पहल लिएको उहाँको भनाई छ । गत बर्ष खानेपानी आयोजनाको लागि ५८ करोड रकम भुक्तानी गरेर बीचमा रोकिएका आयोजनालाई गति दिने काम गरेको समेत बताउनु भयो । मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी संगै जानुपर्ने बताउनु भयो । उहाँले समृद्ध प्रदेश निर्माणको अभिभारा पुरा गर्ने दायित्व सबैको समेत बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य अशोक कुमार केसीले सरकारले खरिद नियमावीलाई समयानकुल बनाउनुपर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायीको कार्यक्षमता बढाउन संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने र सहज तथा सरल रुपमा ऐन, कानुन, नियम बनाएर काम गर्ने वातावरण बनाउन सरकार संग माग गर्नुभयो ।

कार्यक्रममा नेपाल इन्जिनिएर्स एसोशिएसन तथा पूर्व डिभिजन प्रमुख जयलाल मरासिनी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्षमण आचार्य, नेकपा एमाले गुल्मी अध्यक्ष बालकृष्ण काउचा, रुपन्देही जिल्ला पार्टी अध्यक्ष यज्ञ गैरे, एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्य र परिषदका इञ्चार्ज पुण्यप्रसाद पौडेल लगायतले सहि नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भन्दै त्यस तर्फ अघि बढ्न आग्रह गर्नु भएको छ । कार्यक्रमको सञ्चालन परिषद्का महासचिव नवराज श्रेष्ठले गर्नु भएको लुम्बिनी प्रदेशको राजधानीस्थल दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे