कक्षा १२ को नतिजामा सिरिन भ्यालीबाट ३६ जना विद्यार्थी उर्तिण : सलिना जिसी पालिका प्रथम



कक्षा १२ को नतिजामा सिरिन भ्यालीबाट ३६ जना विद्यार्थी उर्तिण : सलिना जिसी पालिका प्रथम

भालुवाङ २० साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट स्थित सिरिन भ्याली पब्लिक स्कुलकी छात्रा सलिना जिसी कक्षा १२ को नतिजामा राप्ती गाउँपालिका प्रथम हुन सफल भएकी छिन् ।उनले ३.५७ जिपिए ल्याएर पालिका प्रथम हुन सफल भएको विद्यालयका प्रिन्सिपल खिमबहादुर केसीले जानकारी दिएका छन् । सो विद्यालयबाट परिक्षामा सहभागी ३९ जना विद्यार्थी मध्ये ३६ जना अर्थात ९२.३ प्रतिशत विद्यार्थी उत्कृष्ट अंक सहित उर्तिण हुन सफल भएको विद्यालयका प्रिन्सिपल केसीले दावी गरेका छन् । जसमा १३ जनाले ३.२ देखि ३.६ जिपिए, २० जनाले २.८ देखि ३.२ जिपिए र ३ जनाले २.४ देखि २.८ जिपिए ल्याउन सफल भएको प्रिन्सिपल केसीले बताएका छन् ।यसै बीच विद्यालयले आइतवार एक कार्यक्रमको आयोजना गरि कक्षा १२ उत्र्तिण हुन सफल भएका विद्यार्थीहरुलाई नगद र टिका लगाएर सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका तथा कक्षा प्रथम हुने सलिना जिसीलाई नगद ५ हजार, कक्षा दोस्रो हुने वर्षा विष्टलाई नगद ३ हजार र कक्षा तेस्रो हुने लक्ष्मी खत्रीलाई नगद २ हजार सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यस्तै नेपाली विषयमा ए ल्याउने अन्जु बस्नेत, वर्षा विष्ट, कमला मल्ल, लक्ष्मी खत्री र रेजिना चौधरीलाई नगद ५/५ सयका दरले टिका लगाएर सम्मान गरिएको थियो ।त्यसै गरि अंग्रेजी विषयमा ए ल्याउने सलिना जिसीलाई नगद ५ सय, सामाजिक विषयमा ए प्लस ल्याउने हेमन्त गिरी, व्यवस्थापन विषयमा ए प्लस ल्याउने सलिना जिसी र टोपेन्सर चौधरीलाई नगद ५/५ सयका दरले टिका लगाएर सम्मान गरिएको थियो । भने अर्थशास्त्र विषयमा ए लयाउन सफल सलिना जिसी र अर्थशास्त्र तथा कम्प्युटर विषयमा ए ल्याउन सफल टोपेन्सर चौधरीलाई नगद ५/५ सयका दरले टिका लगाएर सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खिमबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका अनुगमन समिति संयोजक, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण गिरी, प्रबन्ध निर्देशक तेज विष्ट, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे