लुम्बिनी प्रदेश योजना अयाोगले पायाे पूर्णता, प्रदेश मन्त्री परिषद् बैठकद्वारा तीन जना सदस्य नियुक्त



लुम्बिनी प्रदेश योजना अयाोगले पायाे पूर्णता, प्रदेश मन्त्री परिषद् बैठकद्वारा तीन जना सदस्य नियुक्त

भालुवाङ २४ जेष्ठ । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हाे ।

अघिल्लो प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो । एक उपाध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था छ । जस अनुसार यस अघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ ।  यस्तै शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लाहरुमा कार्यालय स्थापना गर्ने गरेकाे सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्त सम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमति लिएका बहुबर्षीय योजनाहरुलाई जेठ मसान्त सम्म अगाडी बढाउने समेत निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे