LISTEN LIVE RADIO

कालाकाटे—गढवा सडक निर्माणमा ढिलाई हुँदा नागरिकलाई सास्ती, निर्माण कार्य सहज बनाउन सर्बपक्षीय छलफल



कालाकाटे—गढवा सडक निर्माणमा ढिलाई हुँदा नागरिकलाई सास्ती, निर्माण कार्य सहज बनाउन सर्बपक्षीय छलफल

शिबराज पन्थी, गढवा १ पुस ।

निर्माणाधिन कालाकाटे–गढवा–राजपुर सडकमा निर्माण कम्पनी र स्थानीय नागरिक सबैलाई सास्ती भएको बयापक गुनासो आएपछि निर्माण कार्यलाई सहज बनाउन गढवा गाउँपालिकाको पहलमा बुधवार सर्बदलीय सर्बपक्षीय छलफल गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको सर्बपक्षीय छलफल कार्यक्रममा निर्माण कम्पनीका ठेकेदार तथा इन्जीनियरले सडक निर्माणको क्रममा आइपरेका समस्याहरु राख्दै निर्माण कार्यलाई सहज बनाइदिन गाउँपालिका समक्ष अनुरोध गरेका थिए ।

राष्ट्रिय गौरबको आयोजना अन्तर्गत सुरु भएको कालाकाटे–गढवा राजपुर हुलाकी सडक निर्माण कार्यमा कसैले पनि बाधा अडचन हाल्न नहुने र निर्माण कार्यलाई सहज बनाउन सबैको सहयोग आबश्यक रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । बिकास धेरै कोशिसबाट आउँछ,आएको बिकासमा कसैलेपनि अबरोध गर्नु हुदैन । समस्या परेका स्थानमा हामीलाई बोलाउनुस । गाउँपालिकाले समस्या बल्झिएकोमा छलफल गरेर सहजीकरण गर्ने छ–अध्यक्ष यादवले भने ।

सडकमा खाल्डै खाल्डा छन् । कजवे र कल्भर्ट बनाउने ठाउँमा बैकल्पिक मार्गको डाइभर्सन ब्यवस्थित छैन । गढवाबाट रामनगर पुग्न मात्र १ घण्टा लाग्छ । सडकमा उडेको धुलोले सवारी साधन चलाउनै सकिदैन । साना सवारी साधन,पैदलयात्री र सडक छेउमा घर भएका नागरिकलाई धुलोले झनै सास्ती छ । जनतालाई सास्ती धेरै भयो तर निर्माणकार्यमा ढिलासुस्ती भयो–नेपाली काँगे्रस गढवाका उपसभापति कृष्णराज पाण्डेले भने । गढवा बजार क्षेत्रमा कल्भर्ट र नालि बनाउने कार्यमा निकै ढिलाई भयो । बैकल्पिक मार्ग अर्थात् डाइभर्सन पनि ब्यवस्थित भएन । सबै ब्यवस्थापन गरि नागरिकलाई सास्ती नहुने गरि काम गर्नु पर्यो–राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनालले भने । गढवा क्षेत्रमा सडक निर्माण कार्य कछुवाको गतिमा भै रहेकोले खानेपानीको समस्या भएको कार्यक्रमका सहभागीहरुले गुनासो ब्यक्त गरे ।

लमही–कोइलाबास सडक पिच भएर पनि भाडादर मापदण्ड भन्दा बढी भयो । गढवा कालाकाटे सडकखण्डमा चल्ने टेम्पो तथा अटोहरुले पनि दोब्बर बढी भाडा लिने गरेका छन् । यस बिषयमा तत्काल यातायात ब्यवसायि समितिको ध्यान जानुपर्यो–कार्यक्रममा बोल्दै नागरिक समाजका संयोजक शंकर पाण्डेयले भने ।

सडक निर्माणको क्रममा वडानं. १ को केही भागमा जंगलले समस्या पारेको छ भने कैयन ठाउँहरुमा निजी तथा सार्बजनिक संरचना,प्रतिक्षालय,बाउण्ड्रिवाल तथा जग्गाहरुको विवादले समस्या पारेको छ । कतै खानेपानीको लाइन नसार्दा ढिलाइ भएको छ त कतै स्थानीयहरुले गतिरोध गर्दा ढिलाई भएको छ । सबै समस्याहरु राख्दै निर्माणकार्यलाई सहज बनाइदिन हुलाकि सडक नेपालगंजका इन्जीनियर सुनिलकुमार गुप्ताले गाउँपालिका,वडाध्यक्षहरु र राजनितिक दलहरुलाई आग्रह गरे ।

सर्बपक्षिय छलफल पछि सडकको क्षेत्राधिकार भित्रको भाग रेखांकन गर्ने, सडकको क्षेत्राधिकार भित्र पर्ने सार्वजनिक तथा निजी संरचनाहरु तत्काल हटाउने, कूरुप भएको सडकमा गे्रटर लगाएर यातायातका साधन सहज रुपमा चल्नसक्ने बनाउने,आबश्यक ठाउँहरमा डाइभर्सनलाई ब्यवस्थित गर्ने,टिस्पर संचालनका लागि बैकल्पिक मार्ग संचालन गर्ने,सडकमा धुलो उड्न नदिन दैनिक रुपमा पानी हाल्ने लगायतका निर्णयहरु भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकार हुलाकी सडक आयोजना अन्तर्गत १ अर्ब २० करोडको लगानीमा कल्याणकोट–कालाकाटे–गोबरडिहा–गढवा हुदै राजपुरको जंग्रहवा सम्म दुइ खण्डमा सडक निर्माण कार्य भै रहेको छ । तिन बर्षमा काम सम्पन्न गर्ने गरि गढवा देखि पुर्वतर्फ बज्रगुरु कण्ट्रक्सन कम्पनी र पश्चिमतर्फ कन्काई खड्का कृष्ण जेभि कम्पनिले निर्माणको ठेक्का लिएका छन् । एक बर्ष अघिबाट निर्माणकार्य सुरु भएको र कतिपय स्थानमा जंगल, निजी र सार्बजनिक संरचना तथा नक्सा बिवादले निर्माणमा गतिरोध उत्पन्न गरेको छ ।

निर्माणकार्यमा सहजता ल्याइदिन स्थानीय सरकार, राजनितिकदल, नागरिक समाज लगायत सबैमा निर्माण कम्पनीले सर्बपक्षिय भेलामा आव्हान गरेका छन् । छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज, निर्माण कम्पनि, सुरक्षा निकाय तथा यातायात ब्यवसायिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे