LISTEN LIVE RADIO

राष्ट्रिय संगितकर्मी संघलाई कालाकारहरुको साँझा संस्था बनाउँदै छौ : अधिकारी



राष्ट्रिय संगितकर्मी संघलाई कालाकारहरुको साँझा संस्था बनाउँदै छौ : अधिकारी

भालुवाङ ७ वैशाख । राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेश समितीको दोस्रो पुर्ण बैठक शुक्रबार लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी स्थित संसद सचिवालयको सभाहलमा सम्पन्न भएको छ ।प्रदेश अध्यक्ष पूर्णचन्द्र परियारको अध्यक्षता एवं राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय सचिव थानेश्वर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बोल्दै प्रमुख अतिथि अधिकारीले देशभर छरिएर रहेका कलाकारहरुलाई संगठित गरि उनीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय संगितकर्मी संघ अगाडी बढेको बताएका छन् । कुनै बेला पुर्वेली संस्थाको नामले चिनिएको संस्था आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा समिति विस्तार भइसकेको र यसलाई साझा संस्थाको रुपमा विकास गर्ने लक्ष्य समेत रहेको अधिकारीले बताएका छन् । यसै बीच बैठकले ७ वटा महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले कार्यसमितिको सदस्यमा केशर सुनार र विदुर एमसीलाई मनोनित गर्ने निर्णय गरेको छ । भने सल्लाहकार संयोजकमा खगेन्द्र गिरी, सल्लाहकारहरुमा विजय सापकोटा, ओमप्रकाश गुप्ता र प्रेस सल्लाहकारमा सन्तोष कुमार गुप्तालाई मनोनित गरेको छ ।त्यसैगरी बैठकले कार्यसमितिमा विभिन्न विभाग निर्माण गरी जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार नीति तथा कार्यक्रम तर्जुमा विभागको संयोजकमा लोकेन्द्र सुनार, सदस्यहरूमा सन्तोष कुमार गुप्ता र उषा दसौदी रहेका छन् । त्यसैगरी संगठन विभाग संयोजकमा असिम कँडेल क्षेत्री, सदस्यहरूमा सुनिता रेगामी, नकुल परियार रहेका छन् । सांस्कृतिक विभाग संयोजकमा भुवन खड्का, सदस्यहरूमा दिपक ओली र रमेश ओली रहेका छन् । महिला विभाग संयोजकमा चन्दा गुरुङ, सदस्यहरू सुनिता रेगामी, उषा दशौदी रहेका छन् । भने खेलकुद तथा स्वास्थ्य विभाग संयोजकमा दिपक ओली र सदस्यहरूमा केशरबहादुर सुनार, खगेन्द्र गिरी रहेका छन् ।त्यसैगरी बैठकले राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशनमा राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेश कार्यसमितिबाट १५ जना पदाधिकारी, सल्लाहकार सहित प्रतिनिधि पठाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय संगीतकर्मी सँग लुम्बिनी प्रदेशको बैठक प्रत्येक ३÷३ महिनामा बस्ने निर्णय गरेको छ । त्यसैगरी दोस्रो बैठक सम्पन्न गर्नका लागि हल सहित सम्पूर्ण व्यवस्थापन गरेकोमा प्रेस सल्लाहकार सन्तोष कुमार गुप्ता, कोषाध्यक्ष दिपक ओली लगायत दाङ जिल्ला कार्यसमिति र लुम्बिनी प्रदेश सचिवालय प्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकले संघका निर्वाचित प्रदेश कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र सुनार त्यसैगरी सदस्य बिदुर एमसी र केशर बहादुर सुनारलाई सफथ ग्रहण गराइएको थियो । बैठकले मनोनित सल्लाहकार संयोजक खगेन्द्र गिरी, सल्लाहकारहरु विजय सापकोटा, ओमप्रकाश गुप्ता र प्रेस सल्लाहकारमा सन्तोष कुमार गुप्तालाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बैठकको सहजीकरण असिम कँडेल क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे