LISTEN LIVE RADIO

राजनीति उथलपुथल हुँदा प्रशासनिक कार्यसमेत कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी



राजनीति उथलपुथल हुँदा प्रशासनिक कार्यसमेत कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी

भालुवाङ २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए ।

‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘प्रदेशलाई गरिबी न्युनिकरण र आर्थिक रुपमा समृद्ध बनाउन लागेका छौं ।’

उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा कर्मचारीले काम नगरेकोप्रति संकेत गरे । केन्द्रमा सत्ता फेरिँदा प्रदेश पनि अछुतो नरहेन र छिटोछिटो सत्ता परिवर्तनले कामलाई असर परेको उनको भनाइ रहेको छ । ‘म आउनुभन्दा अगाडी लिला गिरी हुनुहुन्थ्यो, त्यो भन्दा पहिले कुलप्रसाद केसी हुनुहुन्थ्यो,’ उनले भने, ‘जिम्मेवारी आउने/जाने भैहाल्छ । हामी सबै एउटै सदनमै छौं, विकासलाई सँगसँगै अगाडी लैजान्छौं ।’

उनले लुम्बिनी सरकारप्रति दातृ निकायले पनि सकारात्मक रुपमा हेरेको बताए । लुम्बिनी प्रदेशका छ जिल्ला पहाड र छ जिल्ला तराई रहेका छन् । आर्थिक रुपले समृद्धि र सम्पन्न प्रदेश बनाउन निरन्तर योजनाबद्ध रुपमा सरकारले धेरै काम गरेको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे