LISTEN LIVE RADIO

दाङमा रुट–परमिट विनै भारतीय गाडी गुड्दै : एकै दिनमा ६५ हजार बढी राजश्व संकलन



दाङमा रुट–परमिट विनै भारतीय गाडी गुड्दै : एकै दिनमा ६५ हजार बढी राजश्व संकलन

भालुवाङ २५ पुस । दाङमा पछिल्लो समय भारतीय नम्बरका गाडीको प्रयोग व्यापक रूपमा बढेको छ । रुट–परमिट विनै भारतीय नम्बरका गाडीहरु खुलेयाम गुड्ने गरेका छन् ।

दाङको कोइलाबास नाका, कपिलवस्तुको कृष्णनगर नाका र बाँकेको नेपालगञ्ज नाका सँग सिमाना जोडिएका भारतको उत्तर प्रदेश तथा विहार राज्यबाट प्युठानको स्वर्गद्धारी दर्शनका लागि दाङको बाटो प्रयोग गरि छिटफुट वाहेक प्रया सवै भारतीय गाडीहरु रुट–परमिट विनै चल्ने गरेका छन् । भारतीय गाडीहरु प्रया जसो भालुवाङ–प्युठान सडक खण्ड र भालुवाङ, लमही हुँदै घोराही सडक खण्ड प्रयोग गरि गुड्ने गरेका छन् । दैनिक १ सय बढी भारतीय गाडीहरु रुट–परमिट नलिइ नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । सम्बन्धित निकायको मौनताले भारतीय गाडीको दादागिरी चलेको स्थानीयहरु बताउँछन् ।

दैनिक भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीहरुले भन्सार कागज बाहेक नेपाली सडक प्रयोग गर्दा लिनुपर्ने रुटपरमिट नलिइकन क्षमता भन्दा बढी यात्रु बोकेर हिड्ने गरेको समेत पाइएको छ । रुटपरमिट नलिइ नेपाल प्रवेश गरेका भारतीय गाडीको प्रयोगले दुर्घटना समेत बढ्न सक्ने देखिन्छ । लमही–भालुवाङ सडक खण्डमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने गरेको र रुटपरमिट नलिएका भारतीय गाडीहरुलाई राप्ती गाउँपालिका–१ पाखापानीमा रहेको यातायता व्यवस्था सेवा कार्यालयमा पठाएपनि ती गाडीहरु अटेरी गरि रुटपरमिट नलिएर गुड्ने गरेको स्थानीय सञ्चारकर्मीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ र यातायात व्यवस्था सेवा कार्यालय पाखापानीमा जानकारी गराएपछि बुधबार देखि भालुवाङ–प्युठान सडक खण्डमा सार्वजनिक सवारी साधान अनुगमन तथा विदेशी सवारी अनुमति–पत्र चेकजाँच घुम्ती शिविर सञ्चालन गरेको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको समन्वयमा यातायात व्यवस्था सेवा कार्यालय पाखापानीले शिविर खडा गरेको हो । शिविरमा बुधवार पहिलो दिन बोलेरो, स्कारपिओ र मोटरसाइकल गरि ९७ वटा भारतीय सवारीसाधनबाट ६५ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ । ती सवै सवारीसाधनहरुले रुटपरमिट नलिइ सवारी चलाएका थिए । शिविरमा यातायात व्यवस्था सेवा कार्यालय पाखापानीका मेकानिकल सुपरभाइजर पदम गिरी, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख हरिभत्त रोकाय, पत्रकारहरु ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, विदुर एम.सी र अनुप महतराको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे