लुम्बिनीका अर्थमन्त्रीकाे गाडी दुर्घटना: मन्त्री सहित ४ जना सामान्य घाइते



लुम्बिनीका अर्थमन्त्रीकाे गाडी दुर्घटना: मन्त्री सहित ४ जना सामान्य घाइते

दाङ २२ असाेज । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे गाडी दुर्घटनामा परेकाे छ । आज साेमवार दिउँसाे दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेकाे लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते भएका छन् । अर्थमन्त्री सहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नुपरेको मन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिए । विद्यालय छुट्टी भएपछि दौडिएर घरतर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी भएकाे खाल्डोमा हालेका पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे