LISTEN LIVE RADIO

थारु समुदायले आज गुरही पर्व मनाउँदै



थारु समुदायले आज गुरही पर्व मनाउँदै

देउखुरी ४ भदाै । थारु समुदायको पहिलो चाड गुरही पर्व सोमबार दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् ।

थारु जातिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आइतवार गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदैछन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवा सनिराम चौधरीले बताए ।

गुरहीकै दिन देखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको समेत मानिन्छ, तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्स्िदलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।

थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागदेवताको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे