LISTEN LIVE RADIO

तीजको महत्व र बिकृति



तीजको महत्व र बिकृति

हिन्दु नेपाली संस्कृतिमा तीजको ठूलो महत्व छ । त्यसो त तीज मात्रै किन हरेक चाड पर्व धर्म र संस्कृतिका हिसावले उत्तिकै महत्वपूणर् हुन्छन् सबैको लागि । तर, अहिले नेपाली हिन्दुहरुका लागि सबै भन्दा ठूलो चाड मानिने दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूणर् देखिएको छ । यो बिषय केहिका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको बिषय बनेको महसुस भएको छ ।

तीजसँग सम्बन्धित केही कुराहरु मेरो मनमा धेरै दिन देखि खेल्दै आएका छन् । त्यही बिषय मैले अहिले यहाँ मेरो व्यक्तिगत बिचारको रुपमा प्रस्तुत गर्दैछु । हिजो आज सहरी क्षेत्रको तीज भड्किलो बन्दै गएको छ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर पाँचतारे होटलका खाना र बोत्तलमा सरेको छ ।

फलस्वरूप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको देखिन्छ । आफूलाई परिवर्तित गर्ने हाम्रो रीतिथिति बिर्सेने काम हामीबाटै ब्यापक हुन थालेको छ । समयसँगै परिवर्तन भएका नारी तीजले हामीलाई कूरीती तर्फ ढकेलिरहेको छ ।

यो कुरालाइ महसुस गर्न ढिलाइ भयो भने पक्कै पनि तीजको महत्व घट्दै जानेछ । धार्मिक मान्यताका साथै नारीलाई अगाडि बढाउन सहयोग गर्ने चाड तीजलाई हामी सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाई बाहिर निकाल्न साहस दिलाउने यो चाडले नारीलाई अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ ।

त्यसैले तीजबाट राम्रा कुराहरु टिपेर आफूले आफ्नो जिम्मेवारी नबिर्सिकन अगाडि बढ्नुपर्छ । हामीले हाम्रो रीतिथितिलाई कायम राखी संस्कृतिमा धनी नेपालमा कुनै आँच आउन नदिनु हामी नेपाली नारीहरुको दायित्व मात्र होइन कर्तव्य पनि हो ।

तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना गर्ने कार्य बन्द गर्नुपर्दछ । अनि, सकिन्छ भने पशुलाई पनि नखुवाइने खुट्टाको जल महिलाले खाने प्रचलनलाई नहाउने हो भने नारी अधिकार र लोकतन्त्रको कुनै औचित्य हुने छैन ।

तीजको व्रत हिन्दू महिलाहरुका लागि मात्र नभई सिङ्गो मानवका लागि भएको हिन्दु धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यसकारण सभ्य र सहज तीज मनाउँदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट बच्च आवश्यक छ ।

अहिले समयले धेरै नेटो काट्यो । सहर बजारमा हामी सामाजिक संजालको युगमा छौ । जतातेतै तडक भडक र देखासिकीको प्रभाव छ । धन हुनेले देखाउने धेरै अवसर पाएका छन् भने धन नहुनेले पनि धेरै हेर्ने अवसर पाएका छन् । नयाँ पुस्ता र हुने खाने देखाउन अग्रसर छन् भने पुरानो पुस्ता हेर्नमा नै मख्ख छन् । अनि हुने र नहुने बीचको खाडल अझै तीज पर्बले नै बढाएको पाइन्छ ।

तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान चाड हो । यो बिषयमा कसैको दुई मत छैन र हुनु पनि हुँदैन । तर, त्यसो भन्दैमा तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो चाड बनाउनु पर्छ भन्ने पनि हुँदैन । अन्यथा तीज पर्वको धार्मिक, सांस्कृतिक र पारिवारिक महत्व हुने छैन ।

अनि नयाँ पुस्ताले नै प्रश्न गर्ने छन् आखिर हामीले तीज किन र के का लागि मनाउने हो ? त्यति बेला नयाँ पुस्ताहरुको जवाफ कसले ? अनि के जवाफ दिने त ? भन्ने दिन नआउँला भन्न सकिदैन ।

तीज आउनु भन्दा करिव एक महिनादेखि अहिलेसम्म सामाजिक संजाल र शहर बजार हेर्ने हो भने मुख्यतया तीजको तडकभडक बाहेक अरु बिषय छायाँमा परेका छन् । सबै तिर रातो सारी, गरगहना, नाचगान, भोजभतेरले शहर बजारका हरेक जसो घर, टोल, बस्ती र बजार तातेका छन् ।

हिन्दु नेपाली संस्कृतिमा तीजको ठूलो महत्व छ । त्यसो त तीज मात्रै किन हरेक चाड पर्व धर्म र संस्कृतिका हिसावले उत्तिकै महत्वपूणर् हुन्छन् सबैको लागि । तर, अहिले नेपाली हिन्दुहरुका लागि सबै भन्दा ठूलो चाड मानिने दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूणर् देखिएको छ । यो बिषय केहिका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको बिषय बनेको महसुस भएको छ ।

नेपाली हिन्दू महिलाको ठूलो पर्व हो तीज । शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन बढेको छ ।

हाम्रो हिन्दू वैदिक परम्परा अनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ । खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ ।

हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व हो तीज । शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन ह्वाटै बढेको छ ।

हाम्रो हिन्दू वैदिक परम्परा अनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ । तर पछिल्लो समय एक महिना अघि देखि पालैपालो एक आर्काको घरमा जम्मा भएर दर खाने प्रचलन बढेको छ ।

खास गरी तीजका लागि बनाइने दर एकदमै पबित्र शाकाहारी हुनु पर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । तर हिजो आज तीजको दर खाने नाममा जाँडरक्सी, माछामासु सम्म खाने प्रचलन हाबी भएको छ । पुराना पुस्ताले भन्दा नयाँ पुस्ताबाटै दर खाने बिषयमा ब्यापक बिकृति फैलाएको आरोप लाग्दै आएको छ ।

त्यसैले एक्कासौ शताब्दीका तीज सामन्ती जस्तो पनि होइन र अहिलेको जस्तो छाडा पनि हुनु हुँदैन । तीज त तीज कै जस्तै धार्मिक, सांस्कृतिक महत्व र औचित्य सहितको हुन जरुरी छ । अन्यथा यस्तो तीज मनाउने शैलीले तीजको महत्व माथि सदाका लागि प्रश्न चिन्ह खडा भइरहने छ ।

त्यति मात्र होइन तीजको धार्मिक, सांस्कृतिक महत्व र हिन्दु नेपाली नारीको तीजलाई गिज्याइ रहनेछ । त्यसैले अब देखि होइन, आज देखि पनि होइन अहिले देखि नै हिन्दु नेपाली नारीहरु तीज लाई तीज जस्तै बनाउन कम्मर कसेर लाग्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे