LISTEN LIVE RADIO

दाङमा आँखा पाक्ने बिरामीको संख्या दिनानुदिन बढ्दै



दाङमा आँखा पाक्ने बिरामीको संख्या दिनानुदिन बढ्दै

भालुवाङ १६ साउन । दाङमा आँखा पाक्ने बिरामीको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोग दाङमा व्यापक रूपमा फैलिएको छ । लमही आँखा अस्पतालले दिएको जानकारी अनुसार राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक ५ सय २१ जना, लमही आँखा अस्पतालमा दैनिक ३ सय १३ जना आँखा उपचार केन्द्र भालुवाङमा दैनिक ८० जना जति बिरामी आउने गरेका छन् ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको केन्द्रका इन्चार्ज विमल बुढा क्षेत्रीले जानकारी दिएका छन् । आँखा पाकेर अस्पताल आउने बिरामीहरूमा बढी मात्रामा केटाकेटीहरू आउने गरेका छन् ।

आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण आँखा पाक्ने रोगमा देखिने इन्चार्ज बुढा क्षेत्रीले बताए ।
संक्रमणबाट बच्न संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने, औषधी प्रयोग गरेपछि हातधुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ भने भिडभाडमा जाँदा चस्माको प्रयोग गर्ने र आँखा अस्पतालमा चेकजाँच गराउन इन्चार्ज बुढा क्षेत्रीले सुझाव समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे