LISTEN LIVE RADIO

राप्तीका सडक क्षेत्रमा राखिएका सिसी क्यामराले काम गर्न छाडे, मर्मत गर्न मोबाइल व्यवसायीको माग



राप्तीका सडक क्षेत्रमा राखिएका सिसी क्यामराले काम गर्न छाडे, मर्मत गर्न मोबाइल व्यवसायीको माग

देउखुरी ११ साउन । लुम्बिनी प्रदेश सरकारले शान्ति सुरक्षा तथा अपराधिक कृयाकलाप रोकथाम तथा न्युनीकरणका लागि राप्ती गाउँपालिकाका सडकहरुमा सिसी क्यामराहरु जडान  गरेको थियो ।

करिब एक करोड ५० लाखको लागतमा उक्त क्यामराहरु जडान गरिएका थिए । तर हाल ति सिसी क्यामराहरुले काम गर्न छाडेका छन् । सिसी क्यामराहरु बिग्रीएको लामो समय हुदा समेत सम्बन्धित निकायबाट यसको मर्मत गर्ने तर्फ ध्यान गएको पाइदैन । जसले गर्दा एक तर्फ राज्यको लगानी खेर गइरहेको छ भने अर्को तर्फ यसैको फाइदा लिदै अपराधिक घटनाहरु घट्ने गरेका छन् । बिग्रीएका सम्पूर्ण सिसी क्यामराहरु यथाशीघ्र मर्मत गरी सुचारु गर्न राप्ती मोबाइल तथा इलेक्टोनिक्स व्यवसायी संघले माग गरेको छ ।

संघले बिहिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापन पत्र बुझाई बिग्रीएका सम्पूर्ण सिसी क्यामराहरु यथासिर्घ मर्मत गरी सुचारु गर्न ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमा भनिएको छ ‘कुनै अपराधिक कृयाकलाप घट्न गएमा सिसी क्यासराको साहेताले अपराधी पत्ता लगाउन सकिने भएतापनि हाल सबै क्यामराहरु बिग्रीएका छन् । त्यसैले यस क्षेत्रमा रहेका सम्पूर्ण सिसी क्यामराहरु यथाशीघ्र मर्मत गरी सुचारु गर्न संघ जोडदार रुपमा माग गर्दछ ।’ ज्ञापन पत्र बुझ्दै पालिक अध्यक्ष विष्ट यथाशिर्घ सिसी क्यामरा मर्मत हुने बताए ।

‘सिसी क्यामरा मर्मत तथा जडानका लागि पालिका र प्रदेश सरकारले १०|१० लाख विनियोजन गरेका छौ’, पालिका अध्यक्ष विष्टले भने ‘प्रकृया पुर्याएर भदौ देखि यसको मर्मत हुनेछ ।’ लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेय सँग आज मात्र कुरा भएको र यसको छिटै मर्मत गरिने विषयमा छलफल भएको अध्यक्ष विष्टले बताए । संघका प्रेस संयोजक बासुदेव न्यौपानेले विज्ञप्ती पढेर यस विषयमा अध्यक्ष विष्टलाई जानकारी गराएका थिए भने संघका अध्यक्ष हरि खड्काले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझान अध्यक्ष खड्का सहित महासचिव कमल खनाल, सदस्य जागृत भुसाल, प्रेस संयोजक बासुदेव न्यौपानेको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे