LISTEN LIVE RADIO

प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ : सभामुख घर्ती



प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ : सभामुख घर्ती

भालुवाङ १६ असार । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता औल्याएका छन् । ६५ औँ संसद् दिवसको अवसरमा आज शनिवार शुभकामना सन्देश जारी गर्नुहुदैं उहांले यस्तो आवश्यकता औल्याएका हुन् ।

‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय शिद्धान्त अनुरुप विधायिकाको समेत कार्य गर्ने प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता खड्किएको छ । शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।  बदलिदो परिस्थितीको वर्तमान परिपेक्षमा संसद्को गरिमा र भूमिका अझै बढोत्तरी रहेको उनकाे सन्देशमा उल्लेख छ ।

सभामुख घर्ती मगरले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउनु हुंदै संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेश सभाप्रति विश्वास दिलाउन सकिन्छ, शुभकामना सन्देशमा भनिएकाे छ । सन्देशमा सभामुख घर्तीले जनप्रतिनिधिको रुपमा जिम्मेवारीका साथ सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले संसदीय अनुशासन र मर्यादा कायम गरी कानून अनुसार संसदलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई जनताका मुद्दालाई सम्बोधन गर्न समेत सक्नु पर्ने उल्लेख गरेका छन् ।
‘संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गर्दछु ।  उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

विसं २०१६ असार १६ गते नेपालको पहिलो ‘संसद्’को बैठक बसेको थियो । प्रथम संसद्ले १८ महिना पार नगर्दै वि.सं. २०१७ मा संसदीय व्यवस्था विघटन भयो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा ‘संसद्’ को पुनःबहाली भयो । हाल प्रतिनिधिसभा र राष्ट्रियसभा सहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ कार्यान्वयनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे