LISTEN LIVE RADIO

उच्च अदालत तुलसीपुरद्धारा शिक्षक सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश



उच्च अदालत तुलसीपुरद्धारा शिक्षक सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश

दाङ २० वैशाख । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरले बुधवार अन्तरिम आदेश दिँदै घोराही उपमहानगरपालिका शिक्षा समितिले मिति २०७९ चैत ८ गते गरेको शिक्षक सरुवाको निर्णय सुविधा सन्तुलनका दृष्टिले हाल कार्यान्वयन नगरी यथास्थितीमा राख्न उपयुक्त देखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि निवदेकहरुको हकमा कार्यान्वयन नगर्न भनेको हो ।न्यायाधीस द्वय राजुराम सिलवाल र बबिता उप्रेतीको संयुक्त इजलास अन्तरिम आदेश जारी हुने र नहुने गरी राय बाझिए पनि न्यायाधिस राजुराम सिलवालको राय सदर भएको उच्च अदालतको आदेशमा उल्लेख छ । न्यायाधिस द्वयको राय बाझिएपछि उच्च अदालत तुल्सीपुरका कायममुकाम मुख्य न्यायाधीस रणबहादुर बागचनको इजलाशबाट घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को ब्यवस्था र २०७६ को नियम ४९ को सरुवा सम्वन्धी ब्यवस्था उल्लेख गर्दै सो आदेश आएको हो ।

गत चैत ८ गते घोराही उपमहानगरपालिकाले एक सय एकजना शिक्षकहरुको सरुवा गरेको थियो । उक्त सरुवा सहमति विपरीत गरिएको भन्दै गत चैत १४ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु आन्दोलित छन् । पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्राथमिक शिक्षक तर्क बहादुर बस्नेतले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाको कार्यालय र नगर शिक्षा समितिलाई विपक्षी बनाई उच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे