LISTEN LIVE RADIO

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ राप्तीको भेला चैत १८ गते हुने



भालुवाङ १२ चैत । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ राप्तीको भेला चैत १८ गते हुने भएको छ । महासंघको शनिवार मसुरीयामा बसेको बैठकले राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा भेला गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष भरतमणी न्यौपानेको अध्यक्षता एवम् नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले भेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन जिम्मेवारी समेत बाडफाँड गरेको छ भने महासंघलाई क्रियाशील र व्यवस्थित बनाउन नयाँ सदस्य थप गर्ने निर्णय समेत गरेको छ । बैठकको सहजीकरण महासंघका सचिव ओमनाथ बञ्जाडेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे